काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुरुवाती अग्रता लिएको छ ।
दुई वडाको ४५७ मत गणना हुँदा माओवादीले अग्रता लिएको हो । अध्यक्षमा माओवादीका लालकेश जैशीले २३७ मत पाएका छन् भने एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । एमालेभन्दा माओवादीको १०६ मत बढी छ ।
उपाध्यक्षमा काँग्रेसका सुरेन्द्र थापाले २३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् । काँग्रेसका बागी तिलकबहादुर शाहीले ११० मत प्राप्त गरेका छन् ।
वडा नम्बर १ मा माओवादी केन्द्र वडाध्यक्ष सहितको प्यानल विजय भएको छ।