२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिमीको मतपेटिका आइतबार मात्र हेलिकप्टरबाट ढुवानी गरिने

अ+ अ-

हुम्ला । नाम्खा गाउँपालिका ६ लिमीको मतपेटिका भोलि (आइतबार) मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएको छ ।

मतदान कार्य वैशाख ३० गते हिजो (शुक्रबार) नै सम्पन्न भए पनि शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका मतपत्र ढुवानी हुने भएको हो ।

बराहाल दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी हुने बताइएको छ ।

लिमीबाट आउने नारा र न्यालु लेकमा हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउन लागिएको हो ।

लिमीका तीन वटा मतदान केन्द्रहरुमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङमा ५ सय भन्दा बढी मत खसेको छ ।

लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरु चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ सशस्त्र प्रहरीको सहयोगमा छिचोलेर पार गर्न सफल भएका हुन् ।

मतदान र अघिल्लो दिन लिमी जाने दुवै लेकमा हिमपात भए पनि कर्मचारी पैदल आउन नसक्ने अवस्था थियो ।

यसका लागि दुई दिन ढिलो गरी भए पनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुन् ।

लिमीको मतपेटिका नआउँदासम्म नाम्खा गाउँपालिकाको मत गणना नहुने भएको हो ।