जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार साहको प्यानल नै निर्वाचित भएको छ ।
साहले ६ सय ११ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २ सय ९५ मत प्राप्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका ९१ मा नेपाली काँग्रेसका दीपनारायण यादवले वडा १ हजार १४३ मत ल्याएर विजयी भइसकेका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।