काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार दिउँसो ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका थिए । उक्त बजेटमाथि पार्टीको धारणा बनाउन बैठक बस्न लागेको भट्टराईले बताए ।