९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय जनप्रतिनिधिलाई निर्वाचन आयोगको आग्रह : जिसस चुनाव नसकी कार्यक्षेत्र नछाड्नू

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी जिससको चुनाव नसकिँदासम्म जनप्रतिनिधिलाई लक्षित गरी कुनै कार्यक्रम नराख्न पनि आग्रह गरेको छ ।

हरेक जिल्लामा रहने जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । जिससको निर्वाचन कार्यक्रम सुरु भएपछि बीचमा रोक्न नमिल्ने भन्दै आयोगले जिसस निर्वाचन नसकिँदै जनप्रतिनिधि प्रभावित गर्ने गरी कार्यक्रम नराख्न आग्रह गरेको हो ।

‘जिससको निर्वाचन सम्पन्न नभएसम्मका लागि उक्त निर्वाचनलाई प्रभावित पार्ने गरी स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना नगर्न नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण राजनीतिक दल एवं अन्य सरोकारवालालाई आयोग हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस