काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् ।