९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ

अ+ अ-

काठमाडौँ। काठमाडौँको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो ।

प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्‍याएको थियो । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी सङ्कायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौँको बानियाटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौँको डिल्लीबजार बस्ने पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुङ्गाको मानेभञ्ज्याङ-६ घर भई हाल काठमाडौँ घट्टेकुलो बस्ने गौरी खतिवडाका छोरा प्रतीक खतिवडा र काठमाडौँ टोखा–६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जीव भण्डारी (अनमोल)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर मंगलबार दिउँसो विद्यार्थीका दुई समूहबिच विवाद भएको थियो । सो विवादमा संलग्न विद्यार्थीहरूलाई छुट्याउने क्रममा गार्डमाथि नै आक्रमण भएको हो । गार्डलाई आक्रमण गरी भागेकाहरूलाई खोजतलास गरी नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस