२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बतएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिए ।

उनले भने, ‘कूल बजेटमध्ये १०.९५ प्रतिशत मात्रै शिक्षा क्षेत्रका निम्ति अपुग हुन्छ, सार्वजनिक शिक्षाको सुदृढीकरणको लागि सरकार प्रतिबद्ध छ, नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गर्दा १५औँ योजनालाई समेत आधार मानिएको छ, नीति तथा कार्यक्रम र बजेटमा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम, सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको छ ।’

उनले विद्यालय सुदृढीकरण गर्न विद्यालय शिक्षा क्षेत्र योजना, उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम तथा प्राविधिक तथा व्यावसायिक तालिम सुधारका लागि सीप विकास कार्यक्रम कार्यान्वयनमा जोड दिए ।

आगामी वर्षबाट शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रको पूर्वाधारको विकास, शैक्षिक गुणस्तर सुधार, कानुनी सुधारलगायतका विषयलाई प्राथमिकता दिएको उनले प्रस्ट पारे ।

उच्च शिक्षालाई सुधार गर्ने मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाइ छ । शिक्षाका दरबन्दी मिलान तथा दरबन्दी थपका समस्या आगामी आर्थिक वर्षमा पूर्ण रुपमा समाधान गरिने बताउँदै उनले शिक्षालाई सीपमूलक र व्यावहारिक बनाउँदै रोजगारमूलक बनाउने सरकारको योजना रहेको बताए ।