काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई अनुरोध गरेको छ ।
स्वास्थ्यमा प्रतिकुल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर काँचो फलफूल पकाउनू खाद्य नियमावली विपरीत भएको भन्दै फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको हो ।
विभागले आँप लगायतका फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल प्रयोग नगर्न र त्यस्तो गरेको पाइए तत्काल विभागमा खबर गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ । साथै फलफूल उपभोग गर्दा राम्ररी सफा पानीले पखालेर मात्र उपभोग गर्न पनि उपभोक्तालाई विभागको अनुरोध छ।
