११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी धार एक ठाउँमा केन्द्रित भएर नयाँ अभियान सञ्चालन गर्नुपर्छ भने ।

उनले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता, समाजवादका आधार निर्माण, देशलाई विकास र समृद्धिको यात्रामा लैजानका लागि सबै माओवादीले एक पटक आत्मसमीक्षा गरेर एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले भने ‘माओवादी आन्दोलनको बलमा नै मुलुकमा परिवर्तन आएको तथ्य जगजाहेर छ । परिवर्तनको स्वामित्व माओवादीले लिनुपर्छ । अब जनता पनि आजित भए । अब तिमी माओवादी एकै ठाउँमा बस भनेर सबैलाई भन्न थाले । कार्यकर्ताको भावना पनि चुनाव नै हो भन्ने देखियो ।’

माओवादी मात्रै मिलेर समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्ने उनले बताए । ‘माओवादी बाहिर रहेका सच्चा कम्युनिस्टलाई एकताबद्ध पनि गर्नु छ’, उनले भने, ‘माओवादी बाहिर पनि स्वाधीनताको पक्षमा लड्ने क्रान्तिकारी छन्, उनीहरुलाई पनि समेट्नुपर्छ ।’

नेकपा (एमाले)भित्र पनि वर्तमान नेतृत्व बाहेक समाजवादको यात्रामा अगाडि बढ्न चाहने त्यहाँ हजारौँ नेता कार्यकर्ता रहेको उल्लेख गर्दै उनले उनीहरुलाई पनि एकताबद्ध बनाएर लैजान सकिने बताए ।

‘एमालेभित्रका हजारौँ नेता कार्यकर्तालाई एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिँदो रहेछ भनेर मैले तीन वर्ष अनुभव गरेँ’, तत्कालीन नेकपाको अध्यक्षसमेत रहेका दाहालले भने, ‘हामी माओवादीले एमालेमा बीउ रोपेर आएको छौँ, केही समयपछि त्यो फुल्छ, फल्छ ।’

प्रतिक्रिया दिनुहोस