१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाबाट ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद डा. वेदुराम भुसाल र संयुक्त संशोधनकर्तामध्येबाट प्रकाश पन्थले नेपालमा खोप तथा औषधिको आपत्कालीन प्रयोग गर्न दिने विषय विधेयकमा रहेकाले ‘क्लिनिकल ट्रायल’ क्रममा कुनै व्यक्तिको शारीरिक तथा मानसिकरूपमा नकारात्मक असर गरेमा, अङ्गभङ्ग भएमा वा मृत्यु भएमा क्षतिपूर्ति दिने विषय समेटिनुपर्ने बताए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै संयुक्त संशोधनकर्तामध्येबाट सांसद पन्थले एम्बुलेन्स र शववहानको सुरक्षासम्बन्धी विषयलाई पनि विधेयकमा समेट्नुपर्ने बताए ।

सांसद डा भुसालले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नभई सम्बन्धित जिल्ला अदालतलाई दिइनुपर्ने बताए ।

छलफलमा उठेको विषयमा जवाफ दिँदै स्वास्थ्यमन्त्री खापुङले सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका र त्यस्ता निकायले आपत्कालीन प्रयोगको अनुमति दिएका खोप वा औषधिलाई नेपालमा दर्ता गरी सो खोप वा औषधिलाई आपत्कालीन प्रयोग गर्न दिने प्रयोजनका लागि ऐन ल्याइएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनले आपलत्कालीन प्रयोगका लागि अनुमति दिएको खोप वा औषधिको मात्र प्रयोग गरिने विश्वास दिलाउँदै उनले त्यस्ता औषधि तथा खोपको प्रयोगबाट मानवीय क्षति हुन्छ भनेर त्रास लिन नहुने बताए ।

मन्त्री खापुङले स्वास्थ्य संस्थामाथि हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने हातपातको घटना रोक्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक संशोधन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस