२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप तीन सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले थप तीन सहसचिवको सरुवा गरेको छ । असार १४ गते १९ सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनपछि थप तीन सहसचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको सङ्घीय अर्थ मन्त्रालयमा सरुवा भएको छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव भगवान् अर्यालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ । अर्याल शिक्षा पुगेसँगै त्यहाँका युवराज सुवेदी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । 

प्रधानमन्त्री कार्यालयमा सहसचिवको दरबन्दी रिक्त भने छैन तर स्रोतका अनुसार सामाजिक विकास तथा रूपान्तरण महाशाखा प्रमुख शङ्कर नेपालको केही दिनभित्रै अन्यत्र सरुवा हुने निश्चित भएसँगै अर्याललाई त्यहाँ लगिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नेपाल सम्भवतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जाँदै छन् । उनी स्थानीयको अनुभवी मानिन्छन् ।

मन्त्रालयका वरिष्ठ सहसचिव डा. खनालको सचिव बढुवा सिफारिस भएसँगै सम्भवत एक नम्बरलाई नै सचिवमा बढुवा गर्ने बुझिएकोले मन्त्रालयमा एक सहसचिव रिक्त हुँदै छ । 

अर्थ फर्किएका दाहाल भने सम्भवतः मन्त्रालयकै कुनै एक महाशाखामा बस्नेछन् ।