१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ : सभामुख सापकोटा

अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने विडम्बना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न हिसाबले देशमा गम्भीर अवस्था देखिएको उनले सङ्केत गरेका थिए ।

सभामुख सापकोटाले भने, ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठुलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौँ । जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैँ अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौँ । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ? ‘

यस क्रममा सभामुख सापकोटाले युवाहरूको आवाजलाई अहिले सिङ्गो राष्ट्रले बुलन्द गरिरहेको बताएका थिए । सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा जिपिएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले साइरनको भाषाको रुपमा आएको युवाहरूको आवाजलाई सुन्नु पर्ने बताए ।

अहिले सिङ्गो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट सङ्केतहरू मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो सङ्केत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

यद्यपि उनले विश्वभर अराजकता र अन्तर विरोध मडारिन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । विश्वभर विभिन्न विषयमा अन्तर विरोध देखिँदा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘वास्तवमा देशभर एक प्रकारको अन्तर विरोध मडारिन थालेका छन् । एक प्रकारको अराजकता भएको जस्तो छ । दुनियाँमा अभिभावकको खाँचो भएको जस्तो छ । यी सबै परिवेशबाट अहिले नयाँ विश्व दृष्टिकोणको आवश्यकता छ । दर्शनमा, सिद्धान्तमा विचारमा अहिले बहस छैन । सारा दुनियाँको ध्यान व्यापारमा केन्द्रित छ । हतियारको होडबाजी चलिरहेको छ । सैन्य क्षेत्रमा शक्ति राष्ट्रहरुले अत्यधिक खर्च गरिरहेका छन् । यस्तो परिस्थितिमा एउटा नयाँ विश्व दृष्टिकोणको निर्माणको दिशातर्फ संसारका महानतम व्यक्तित्वहरु लागिरहेका छन् । त्यही विश्व दृष्टिकोण निर्माणसँगै नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता छ, सभामुख सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस