१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपिपीबारे अमेरिकाको जवाफ : नेपालको  निर्णय अमेरिकालाई स्वीकार्य छ !

अ+ अ-

काठमाडौँ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णय पूर्ण रूपमा स्वीकार्य रहेको अमेरिकाले स्पष्ट पारेको छ । 

एसपिपी अघि नबढाउने नेपाल सरकारको ६ असारको निर्णयअनुसारको पत्र पाएपछि अमेरिकाले यसबारे प्रतिक्रिया जनाएको हो । 

परराष्ट्रमन्त्री डा.नारायण खड्काले परराष्ट्र मन्त्रालयले एसपिपी अघि नबढाउने नेपाल सरकारको निर्णय ९ साउनमा पत्रमार्फत अमेरिकालाई जानकारी दिएको बताएका छन् । 

मन्त्रिपरिषद्को ६ असारको निर्णयअनुसार पत्राचार गर्न ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेका वेला मन्त्री खड्काले शुक्रबार संसद्लाई जानकारी दिएका हुन् । 

अमेरिकाले पनि पत्र प्राप्त भएको पुष्टि गर्दै नेपाल सरकारको निर्णयलाई पूर्ण स्वीकार गर्ने प्रतिक्रिया दिएको छ । 

नेपालले पठाएको पत्रको तीन दिनपछि डोनाल्ड लु नेपाल आएका हुन् । अमेरिकी राजदूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विलकर्सनले भने, ‘हामीले एसपिपीबारे नेपाल सरकारबाट आधिकारिक रूपमा लिखित पत्र प्राप्त गरेका छौँ । हामी एसपिपीका सम्बन्धमा नेपाल सरकारको निर्णय पूर्ण रूपमा स्वीकार गर्दछौँ ।’ अमेरिकी सहायक मन्त्री लु शुक्रबारै नै फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस