काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनु सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको बताएका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले शर्मा दोहोर्याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे ।
‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धरातलमा कत्रो हमला, गोरु पनि लजायो होला’ ओलीले भने ।
गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताउँदै उनले भने ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाज शरम किन मान्ने रु लोक लाज किन मान्ने ? काँग्रेसको भनाइ हो ।’
।