२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले गर्‍यो अमेरिकासँगको जलवायु तथा सैन्य सम्बन्ध निलम्बन

अ+ अ-

काठमाडौँ । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागु औषध विरुद्धको प्रयासमा गरिँदै आइएको साझेदारीलगायत विभिन्न विषयमा संयुक्त राज्य अमेरिकासँगको वार्तालाई निलम्बन गरेको चीनले बताएको छ ।

बेइजिङ र वासिङ्टनबिचको सम्बन्धमा तनाव आइरहेका बेला चीनले शुक्रवार यस्तो घोषणा गरेको हो । चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्त्व दिएर ‘एक चीन नीतिविरुद्ध’ भ्रमण नगर्न दिएको सुझावलाई उल्लङ्घन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताएअनुसार अमेरिकासँग उल्लेखित विषयमा गरिरहेको सहकार्यलाई निलम्बन गर्ने बताएको हो ।

चीनले ताइवानको तट नजिकैको छ क्षेत्रमा बिहीबार चेतावनी स्वरूप सैन्य अभ्यास सुरु गरेको थियो जुन आइतबारसम्म चल्ने बताइएको छ । ताइवानी प्रतिरक्षा अधिकारीहरूले भने चीनले ताइवानमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्र रूपमा ताइवानसंको सम्बन्ध अगाडि नबढाउन आग्रह गर्दै आएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले सैन्य सामुद्रिक सुरक्षाका विषयमा वार्तासँगै अमेरिका र चिनियाँ क्षेत्रीय कमान्डर र रक्षा विभाग प्रमुखबीचको वार्ता रद्द गरिने बताएको छ । अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, पारराष्ट्रिय अपराध, अवैध लागु औषध र जलवायु परिवर्तन सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।