२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप युएईको आइएल टी-२० मा ‘मार्की प्लेअर’

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने इन्टरनेशनल टी-२० क्रिकेट खेल्ने भएका छन् ।

युएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रूपमा अनुबन्धित भएका हुन्।

प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरू मार्की खेलाडीको रूपमा जोडिएका छन्। जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन, एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।

अर्को वर्षको सुरुआतमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। हालसम्म नाइट राइडर्स ग्रुपको अबुधावी नाइट राइडर्स, जीएमआर ग्रुपको दुबई क्यापिटल्स र अदानी स्पोर्ट्सलाइनको गल्फ जायन्ट्स नाम पक्का भएको छ। क्याप्री ग्लोबल क्यापिटल लिमिटेड, लान्सर क्यापिटल र रिलायन्स स्ट्राटेजिक बिजिनेस भेन्चरले टोलीको नाम सार्वजनिक गरेको छैनन्।

प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउनेछन्। जसमा चार युएईका र दुई एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्नुपर्ने आयोजनले जनाएको छ। यस्तै हरेक खेलको प्लेइङ ११ मा दुई जना यूएई र एकजना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान छ। यसकारण पनि नेपाल लगायत एसोसिएट राष्ट्रका खेलाडीले राम्रो मूल्य र अवसर पाउनेछन् ।