२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरका पहाडी जिल्लाबाट सवारी चालक अनुमति पत्र दिन सुरु

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूबाट कार्यालय स्थापना भएको ७ वर्षपछि सवारी चालन अनुमति पत्र(लाइसेन्स) दिन प्रक्रिया सुरु गरेको छ ।

२०७२ सालमा सुदूरका पहाडी जिल्लालाई लक्षित गरी तत्कालीन महाकाली अञ्चल अन्तर्गतका जिल्लाहरूका लागि डडेलधुरामा र सेती अञ्चलका लागि राजपुर डोटीमा यातायात सेवा कार्यालय स्थापना गरिएका थिए ।

दुई जिल्लामा कार्यालय स्थापना पश्चात् हालसम्म कार्यालयले अन्य सेवाहरू उपलब्ध गराउँदै आएपनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने प्रक्रिया भने यहीँ साउन महिना देखि सुरु गरेको हो ।

यातायात व्यवस्था कार्यालय डोटीमा सवारी चालक अनुमति पत्र दिनको लागि सम्पूर्ण आवश्यक भौतिक संरचना, टा«हिल सेन्टर निमार्ण गरी अनलाइन मार्फत फारम भर्ने कार्य सुरु गरी यही साउन २८ गते पहिलो चरणको लिखित परीक्षा समेत सञ्चालन गरिएको यातायात व्यवस्था कार्यालय डोटीका प्रमुख पूर्ण बहादुर शाहले बताए । उनका अनुसार साउन ३ गते देखि १८ गतेसम्म अनलाइन मार्फत फाराम भरेकाहरूको बायोमेट्रिक गरिएको थियो ।

सोही अनुरूप लिखित परीक्षा सञ्चालन गरिएको उनले प्रशासनलाई बताए ।

सवारी चालक अनुमतिका लागि कार्यालयले तीन वर्गमा छुटाएको छ । जसलाई ‘ए’ वर्गमा मोटरसाइकल, ‘के’ वर्षमा स्कुटी र ‘बि’ वर्गमा चार पाँग्रे सानो गाडी राखिएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार सबै वर्गको लागि जम्मा ३ सय ४७ जनाले अनलाइनबाट आवेदन दिएका थिए । जसमध्ये २ सय १३ जनाले बायोमेट्रिक गराएका छन् । सो मध्ये ४७ जनाले वर्ग थपको लागि आवेदन दिएका थिए । जसले लिखित परीक्षा दिनु पर्दैन । बायोमेट्रिक गराएका अन्य आवेदक मध्य १ सय ४५ जना लिखित परीक्षामा सहभागी रहेका थिए भने २१ जना अनुपस्थित रहेको कार्यालयले जनाएको छ ।

आइतबारदेखि बुधवार सम्म सवारी चालक अनुमति पत्र लाईसेन्सको लागि अनलाइन फाराम भर्न सकिने समेत कार्यालय प्रमुख शाहले बताए । लिखित परीक्षा लिएकाहरूको हकमा ट्राइल परीक्षा केही दिन पछि हुनेसमेत जानकारी गराए ।

सेवा प्रवाह कार्यक्षेत्रको हिसाबले डोटीमा स्थापना भएको कार्यालयलाई डोटी, बझाङ, बाजुरा र अछाम जिल्लालाई सेवा क्षेत्र तोकिएको भएपनी सुदूरपश्चिमका सबै जिल्लाबाट सेवाग्राहीहरू सेवा लिन आउने गरेको समेत कार्यालयले जनाएको छ ।

त्यस्तै यातायात व्यवस्था कार्यालय डडेलधुराले पनि सवारी चालक अनुमति पत्र दिनको लागि प्रक्रिया सुरु गरेको कार्यालय प्रमुख मेखराज उपाध्यायले बताए ।

उनका अनुसार सवारी चालक अनुमति पत्र दिनको लागि आवश्यक सम्पूर्ण भौतिक संरचना निमार्ण लगायतका प्रक्रिया पुरा गरी यही साउन २९ गते लिखित परीक्षा सञ्चालन गरिसकेको समेत बताएका छन् ।

कार्यालयले साउन १७ र १८ गते गरेको बायोमेट्रिकमा १ सय ७० जनाले सहभागिता जनाएका थिए । जस मध्य लिखित परीक्षामा ‘ए’ र ‘के’ वर्गको मोटरसाइकल र स्कुटीका लागि १ सय १७ जना सहभागी थिए भने ५ जना अनुपस्थित रहेका छन् । त्यस्तै वर्ग ‘बी’ चार पाङ्ग्रे सानो गाडीका लागि ४८ जना मध्य ४३ जना सहभागी थिए भने ५ जना अनुपस्थित रहेको कार्यालयले जनाएको छ ।

लिखित परीक्षामा सहभागीहरूको नतिजा केही दिनमा आउने भएपछि दुवै जिल्लाको टा«हिल परीक्षाको समय तालिका प्रदेश सरकार सँग समन्वय पश्चात् मात्र मिति तोकिने प्रमुख उपाध्यायले बताए ।

यातायात व्यवस्था कार्यालय डडेलधुरालाई सेवा क्षेत्रको रूपमा डडेलधुरा, दार्चुला र बैतडी जिल्ला तोकिएको भएपनी सुदूरपश्चिमका सबै जिल्लाबाट सेवाग्राहीहरू सेवा लिन आउने गरेको कार्यालयले जनाएको छ ।

सवारी चालक अनुमति पत्र निर्देशिका २०७७ अनुसार सवारी चालक अनुमति पत्रमा पास हुनको लागि लिखित परीक्षामा ६० अङ्क र टा«हिल परीक्षामा ७० अङ्क ल्याएको हुनुपर्ने व्यवस्था रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा सवारी चालक अनुमति पत्र लाइसेन्स यो भन्दा पहिले धनगढी र महेन्द्रनगरमा रहेका यातायात व्यवस्था कार्यालयले मात्रै दिँदै आएको थियो ।