२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवार र आसपासका सरकारी कर्मचारी बोक्न दैनिक बिहान बेलुकी २ वटा बस चल्ने

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले सिंहदरवार र आसपासका सरकारी कार्यालयमा कार्यरत कर्मचारी बोक्न दैनिक दुई वटा बस सञ्चालन गर्ने भएको छ । जुनसुकै कार्यालयका कर्मचारी समेत चढ्न सक्ने गरी सञ्चालनमा ल्याउन लागिएको उक्त सेवा बिहान कार्यालय समयभन्दा १५ मिनेट अगाडी र बेलुका कार्यालय समयभन्दा १५ मिनेट पछि छुट्नेछन् । 

उक्त प्रयोजनका लागि मन्त्रालयले ४० सिट क्षमताका नयाँ मोडलका बस सञ्चालन गर्न यातायात सेवा प्रदायक संस्थासँग १६ दिनको समय राखेर प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले गरेको हो ।

मन्त्रालयका अनुसार एकीकृत निजामती कर्मचारी परिवहन सेवा बिहान कार्यालय समय भन्दा १५ मिनेट अगाडि (९ः४५ बजे) सिंहदरबारको दक्षिण गेटमा आइपुग्नेछ । बेलुका कार्यालय समयभन्दा १५ मिनेट पछि (५ः१५ बजे  शुक्रबार ३ः१५ बजे) बस छुट्ने छ । यस्तो सेवा चालु आर्थिक वर्षभर नै निरन्तर रहने समेत अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

दैनिक रूपमा चुस्त, दुरुस्त, चालु र सफा राख्नु पर्ने यस्ता बस बिग्रिएमा त्यसको वैकल्पिक व्यवस्था सेवा प्रदायकबाटै हुनुपर्ने मन्त्रालयको सर्तमा तोकिएको छ ।

मन्त्रालयले एकीकृत निजामती कर्मचारी परिवहन सेवाको गुणस्तर, नियमितताको बारेमा अनुगमन गर्नेछ । तोकिए बमोजिमको सेवाको गुणस्तर नदिए सम्झौता बमोजिम कारबाही हुने समेत मन्त्रालयले जनाएको छ । अहिले विभिन्न निकायले छुट्टाछुट्टै यातायातका साधन प्रयोग गरी कर्मचारीलाई ओसार–पसार गरिरहेका छन् ।

मन्त्रालयका अनुसार सिंहदरबार-सहिद गेट-त्रिपुरेश्वर-कालीमाटी-कलङ्की-स्वयम्भू-टंकेश्वर-कालीमाटी-त्रिपुरेश्वर-थापाथली-सिंहदरबार र सिंहदरबार-नयाँ बानेश्वर-कोटेश्वर-बालकुमारी-सातदोबाटो-लगनखेल-एकान्त कुना-जावलाखेल-पुल्चोक-कुपण्डोल–सिंहदरबारसम्म गरी दुई वटा रुट तोकिएको छ ।