काठमाडौँ । साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलङ्का जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार श्रीलङ्का जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
प्रतियोगिताका लागि यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।
नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली शुक्रबार श्रीलङ्का प्रस्थान गर्ने छन् । समूह ‘ए’ मा आयोजक श्रीलङ्का, मालदिभ्स र बङ्गलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टोलीमा गोलकिपर क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी, डिफेन्डर अश्विनी घोरासैनी, सीमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनीश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा, मिडफिल्डर प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिसराज भट्ट, लच्छु थापा, फरवार्ड, नीरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम रहेका छन् ।