२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविका १३ महाशाखाको याचना : तालाहरू खोलिदिनुस्

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय लगायतका निकायहरूमा लगाइएका तालाहरू यथाशीघ्र खोलेर आर्थिक तथा प्रशासनिक कार्यहरू सुचारु गर्नका लागि सहयोग गर्न आग्रह गरेको छ ।

त्रिवि केन्द्रीय कार्यालयका १३ महाशाखा प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै निरन्तर तालाबन्दीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत नकारात्मक असर पर्दै गइरहेको बताएका छन् ।

त्रिविलाई थप धराशायी हुनबाट रोक्न र इतिहासको पानामा मात्र सीमित हुनबाट जोगाउन विज्ञप्तिमा अपिल गरिएको छ । वार्ताको माध्यमद्वारा समस्याको दिगो समाधान र विश्वविद्यालयलाई सदाका लागि शान्तिक्षेत्रका रूपमा विकास गर्न पहल गरिदिन सरोकारवालाहरूलाई आग्रहसमेत गरिएको छ ।

‘नयाँ र बजारमुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै राज्यको आवश्यकता अनुसारको जनशक्ति उत्पादन र वितरण कार्यमा निरन्तर लागिरहनु पर्ने विश्वविद्यालयमा आज अस्थिर र अशान्त वातावरण सिर्जना हुन अत्यन्त दुःखदायी र विडम्बनाको विषय हो’ विज्ञप्तिमा भनिएको छ ।

दसैँ, दीपावली, नेपाल संवत्, छठ लगायत नेपालीहरूको महान् चाडपर्वहरू आइसकेको अवस्थामा पनि भइरहेको तालाबन्दीका कारण कार्यरत शिक्षक, कर्मचारीहरूको २०७९ आषाढ महिनादेखिको तलब भत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरूले पेन्सन पाउन नसकेको, निवृत्त भएका शिक्षक तथा कर्मचारीहरूको निवृत्तिभरण तथा उपदानको प्रक्रिया अगाडि बढ्न नसेकेको, विद्यार्थी तथा अन्य सेवाग्राहीहरूले समयमा पाउनु पर्ने सेवा प्राप्त गर्न नसकेको त्रिविले गुनासो गरेको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,‘शिक्षक, कर्मचारी एवं सम्पूर्ण सेवाग्राहीहरूको मर्म र निराशालाई समयमै सम्बोधन नहुँदा मर्म र निराशा आक्रोशमा नबदलिएला भन्न सकिन्न । निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीहरूको न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवं दैनिक प्रशासनिक कार्यहरू सहजरुपमा सञ्चालन गर्न समेत कठिनाइ भइरहेको अवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

हेर्नुस् सूचना :