१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविका विद्यार्थी १४ महिनादेखि नतिजाको प्रतीक्षामा 

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । 

गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् । 

प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा छन् । तर, प्रथम वर्षको नतिजा नै आउन सकेको छैन । अहिले स्नातक तह प्रथम वर्षमा नयाँ र पुराना गरेर दुई समूह छन् । त्यसमा नतिजाको परीक्षामा रहेका तेस्रो समूह पनि छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि पतिव्रता साथ तयारी थालिरहेको जनाएको छ । सहायक परीक्षा नियन्त्रक महेश ओझाले नतिजा प्रकाशनको लागि अहोरात्र खटिएर काम भइरहेको बताए । 

त्रिविले १० असोजदेखि दसैँ बिदा दिएको छ । त्यसपछि असोज २४ गते मात्रै त्रिवि खुल्छ । १/२ दिनभित्रमा नतिजा प्रकाशन गर्न सकिएन भने दसैँ बिदापछि मात्रै नतिजा प्रकाशन हुनेछ । क्रमिक रूपमा नतिजा तयार भइसकेका विषयमा नतिजा प्रकाशन गर्दै जाने उनले बताए । प्रथम वर्षको नतिजा तयार भइसकेको र त्यही आधारमा प्राविधिक विषय टुङ्ग्याएर नतिजा प्रकाशनको काम भइरहेको उनको भनाई छ । 

त्रिविमा लामो समयदेखि भइरहेको तालाबन्दीका कारण नतिजा प्रकाशनमा समस्या भइरहेको त्रिविले जनाएको छ । त्रिविको रजिस्ट्रार कार्यालयदेखि अधिकांश विभागमा र महाशाखामा तालाबन्दी छ । अहिले आर्थिक प्रशासन महाशाखाको तालाबन्दी भने खोलिएको छ । दसैँ तिहारको समयमा शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि उक्त महाशाखाको ताला खोलिएको हो । त्यो बाहेक सबै क्षेत्रमा तालाबन्दी कायमै छ । तालाबन्दीका कारण परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस