१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्ल्याकमेल गरेपछि विद्यार्थीले गरिन शिक्षकको हत्या

अ+ अ-

काठमाडौँ । ओखलढुङ्गाको चिशंखुगढी-४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या गरेर फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

विष्णुपुर गाउँपालिका-५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा शिक्षण पेसामा कार्यरत थिए । हाल चिशंखुगढी गाउँपालिका ४ मा रहेको कालिका आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक ठाकुर सोही स्थानमा भई कुमार राईको घरमा डेरामा बस्ने गरेका थिए ।

असोज ७ गते बिहान शिक्षक आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि प्रहरी चौकी शेर्नाबाट प्रहरी पुगी घटनास्थलको सुरक्षा गरेका थिए । पछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट डिएसपी शुकदेव खनालको कमान्डमा प्रहरी टोली घटनास्थलमा अनुसन्धानका लागि पुगेको थियो ।

मृतकको टाउको तथा शरीरको अन्य भागमा समेत कुटपिट गरी घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधी मुखमा सिरानीले थिची हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा वारदातमा संलग्न शङ्कित व्यक्तिको पहिचान तथा खोजतलास गर्ने क्रममा मानवीय तथा प्राविधिक विश्लेषण गरी सूक्ष्म रूपमा अनुसन्धान गर्दा घटनामा छलमायाको संलग्नता हुनसक्ने आशङ्का गरी पक्राउ गर्दा शङ्कितले आफ्नो अपराध प्रहरीसमक्ष कबुल गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक ठाकुरले टर्चर दिएको कारण युवतीले ठाकुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित धमला पहिले ठाकुरकै विद्यार्थी रहेको र हत्याअघि उनीहरू प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ । ठाकुर पहिले नै विवाहित रहेको छलमायासँग विवाह गर्न पनि नमानेको र छलमायाले अन्यत्र विवाह गर्न खोज्दा नाङ्गो फोटो र भिडियो भाइरल गरिदिने धम्की दिएको पक्राउ परेकी धमलाले प्रहरीलाई बताएकी छिन् । आफू विवाह पनि नगर्ने र अन्यत्र विवाह गर्न पनि नदिने तथा बारम्बार धम्की दिने गरेपछि आफूले ठाकुरको हत्या गरेको आरोपितले प्रहरीसमक्ष स्वीकार गरेकी छिन् ।

हत्यामा धमलाले आफ्नो मात्रै संलग्नता रहेको प्रहरीलाई बताएकी छिन् । यद्यपि हत्यामा अन्य कुनै व्यक्तिको पनि संलग्नता छ कि भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत ओखलढुङ्गाबाट आइतबार १२ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस