१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायत जाने नर्ससँग पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससँग विभिन्न बहानामा पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न एजेण्ट तथा कन्सल्टेन्सीले पैसा उठाइरहेको गुनासोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । 

नेपाल सरकार र बेलायत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएर ‘जी टु जी’ मार्फत कामदार पठाउने तयारी भइरहेको भन्दै त्यसका लागि एक पैसा पनि शुल्क नलाग्ने प्रस्ट पारेको छ । बेलायतको चर्चित पत्रिका द गार्जियनले सरकारी कोटामा बेलायत जाने नर्ससँग नेपाली एजेन्टहरूले पैसा लिइरहेको भन्दै समाचार प्रकाशित गरेको थियो । यसमा बेलायतले नेपाली नर्सलाई ल्याउने विषयमा सचेत हुनुपर्ने भन्दै विज्ञको समेत धारणा सार्वजनिक गरेको थियो । 

यसले नेपाली नर्सलाई सम्मानजनक व्यवहार नहुनेप्रति सचेत गराउँदै दुवै सरकारको ध्यानाकर्षण गराएको थियो । उक्त समाचारप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले अगाडि बढ्ने जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्ति अनुसार बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालय र नेपालको वैदेशिक रोजगार विभागबाट संयुक्त रूपमा कार्यान्वयन हुने भन्दै त्यसका लागि वैदेशिक रोजगार विभागमा एक छुट्टै कार्यान्वयन इकाई समेत स्थापना भइसकेको जनाए ।

प्रतिक्रिया दिनुहोस