९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यले दाङका खसीबोका काठमाडौँ पठाउन थाल्यो

अ+ अ-

देउखुरी । लमही नगरपालिका-९ रिहारका मानसिंह वलीले व्यावसायिकरूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो । उनीसँग ५० खसीबाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए ।

‘तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ’, उनले भने,’सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ ।’ गत वर्ष दसैँमा मात्रै रु तीन लाखका खसी बिक्री गरेको उनको भनाइ छ ।

जिल्लाको लमही–९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले जिउँदा खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो । मूल्य निधारण गरेपछि तौलका आधारमा खसीबोकाको मूल्य तोकिने गरिन्छ ।

कर्मठ सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले बिहीबारमात्रै एक सय १८ खसीबोका बिक्री गरेको छ । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३४ गरी जम्मा एक सय ५२ खसीको जम्मा रु २७ लाख ७१ हजार पाँच सय चार बराबरको कारोबार गरेको संस्थाका सुपरभाइजर पार्वती बस्नेतले जानकारी दिए ।

दाङबाट यस वर्ष सात सय खसीबोका काठमाडौँ पठाउन थालिएको छ । दसैँ सुरु भएदेखि पाँच सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । किसानलाई बिचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्वय गरेर खरिद गर्छ । तिनै खसीबोका खाद्यले किन्ने गरेको उनको भनाइ छ ।

गत वर्ष जिल्लाबाट एक हजार खसीबोका काठमाडौँ लगिएको थियो । यसपालि खाद्यले दाङलाई दिएको कोटा सात सय रहेको र थप माग भएमा तीन सय कोटा थप गरेर एक हजारसम्म पठाउन सकिने अवस्था रहेको सुनारले बताए । जिल्लामा सहकारी संस्थासँग समन्वय गरेर खसीबोका खरिद गर्ने काम भइरहेको उनले बताए ।

पच्चीस किलोभन्दा माथिको जिउँदो खसीलाई रु पाँच सय ७० प्रतिकिलो, २० देखि २५ किलोसम्मको खसीलाई रु पाँच सय ६० किलोका दरले खरिद भइरहेको प्रमुख सुनारले जानकारी दिए । अठार किलोभन्दा माथिका बोकाको प्रतिकिलो रु पाँच सय ५५ मा खरिद भइरहेको छ । वार्षिक रु दुई करोड बढीका खसीबोका काठमाडौँ पठाउने गरिएको छ ।

दाङ खसीको मासुमा आत्मनिर्भरसँगै बाहिरका जिल्लामा खसीबोका पठाउने अवस्थामा पुगेको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत महेश आचार्यले बताए । हेफरको सहयोगमा किसानले प्रशस्त खसीबोका पाल्ने गरेका कारण दाङ खसीको मासुमा आत्मनिर्भर भएको हो । लमही नगरपालिकाभित्रका चारवटा सहकारी संस्थाले खसीबोका खरिद गर्ने गरेका छन् । किसानलाई सहुलियत दिने र बिक्री गर्न सजिलो होस् भनेर यसो गरिएको उनले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलाई मध्यनजर गरेर खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । यसबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस