९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटाका १६ वटा मतदान केन्द्र अति संवेदनशील, बढाइयो सुरक्षा व्यवस्था

अ+ अ-

धनकुटा । आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार धनकुटामा १६ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ४९ वटालाई संवेदनशील र ५४ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको छ । वर्गीकरणमा परेका मतदान स्थल भने सुरक्षाको दृष्टिकोणले सार्वजनिक गर्न नमिल्ने बताइएको छ ।

अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदान पश्चात् सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिने छ ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदान स्थलमा १ सय ६२ मतदान केन्द्र छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र नं. क मा ६४ मतदान स्थलमा ८७ मतदान केन्द्र रहेका भने प्रदेश निर्वाचन क्षेत्र नं. ख मा ५५ मतदान स्थलमा ७५ मतदान केन्द्र रहेको छ।

प्रतिक्रिया दिनुहोस