२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको आदेश विपरीत बालेनको नाम लिँदै बाङ्गेमुढाको त्वाःछेँमा सामुदायिक भवन तोडफोड

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक नेवा सभ्यतामाथि आक्रमण गरेको भन्दै बाङ्गेमुढाका स्थानीय आन्दोलित भइरहेका बेला अदालतको आदेश विपरीत सामुदायिक भवन तोडफोड गरिएको छ ।

महानगरका मेयर बालेन शाहको आदेश भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि डोजर चलाएपछि नेवाः समुदाय आन्दोलनमा उत्रिएका थिए । पाण्डेले लिखित आदेशसमेत देखाउन सकेका थिएनन् ।

यसबीचमा स्थानीय अदालत गएकोमा उच्च अदालत पाटनले गत असोज २७ गते अन्तरिम आदेशमार्फत सामुदायिक भवन त्वाःछेँ भत्काउन वा सो भवनको संरचनामा क्षति पुग्ने कुनै पनि कार्य हुन नदिई भवनलाई यथास्थितिमा राख्न भनेको थियो ।

तर अदालतको आदेश विपरीत बिहीवार केही व्यक्तिले डोजरले आधा भत्काएको भवन तोडफोड गरेका छन् । महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष राजेश डङ्गोलको नेतृत्वमा गएको टोलीले मेयर बालेनको आदेश भन्दै भवन भत्काएको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडाध्यक्ष डङ्गोलले आफूहरूलाई अदालतको आदेश नआएको बताएका छन् । स्थानीयले २०३४ सालमा सामुदायिक प्रयोजनका लागि सो भवन बनाएका थिए ।