काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउनुपर्ने उनले बताए ।
आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन प्रहरीहरू सफल हुने विश्वास व्यक्त गरे ।
गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी सङ्गठनलाई निर्देशनसमेत दिए ।