११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा जाँदै

अ+ अ-

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन् । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुई दिने भ्रमण गर्न लागेका हुन् । 

बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।  विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री सरिफले चीन भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । 

“प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नाका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा गर्नेछन् । पाकिस्तान र चीनले क्षेत्रीय र विश्वव्यापी विकासका बारेमा विचार पनि आदानप्रदान गर्नेछन्,” पाकिस्तानी विदेश मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भनेको छ । 

विदेश मन्त्रालयले प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको उच्चस्तरीय  आदानप्रदानको निरन्तरता भएको पनि बताएको छ । द्विपक्षीय सहयोग अभिवृद्धि गर्न भ्रमण फलदायी हुने अपेक्षा पनि उक्त मन्त्रालयले गरेको छ । पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा बहुअर्ब डलरको चीन-पाकिस्तान आर्थिक करिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ । अन्य तीनवटा यस्तै परियोजना भित्र्याउने सोचमा पाकिस्तान रहेको र त्यस विषयमा चीनसँग पाकिस्तानले प्राथमिकताका साथ छलफल गर्ने समाचार केही समयअघि सार्वजनिक भएका थिए ।  

पाकिस्तानको प्रधानमन्त्री भएपछि शहबाजले पहिलोपटक चीन भ्रमण गर्दै छन् । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनपछि चीन भ्रमण गर्ने पहिलो नेता पनि पाकिस्तानी प्रधानमन्त्री भएका छन् । महाधिवेशनले पार्टी महासचिवका रूपमा सीलाई तेस्रो कार्यकालका निम्ति चयन गरेको छ । महासचिवमा भएको निरन्तरतासँगै उनले चीनको राष्ट्रपतिको तेस्रो कार्यकाल सम्हालेका छन् । 

यसैबीच, पाकिस्तानीका प्रधानमन्त्रीले  आफ्नो देश, जनता र स्वयम् आफ्नातर्फ राष्ट्रको राष्ट्रपति सी चिनफिङलाई सीपीसी महासचिवको रूपमा तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस