१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो नम्बरका केशव कुमार शर्मा सचिवमा बढुवा

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव केशव कुमार शर्मालाई सचिवमा बढुवा गरेको छ ।

बुधबार (आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले तेस्रो नम्बरमा सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार (हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव शर्माको नाम सिफारिस गरेको हो । उनी अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।

पहिलो र दोस्रो नम्बरमा सिफारिसलाई पछि पार्दै शर्माले बाजि मारेका हुन् ।

त्यसो त पहिलो नम्बरमा सिफारिस साह निजामतीमा निकै विवादित र आलोचित कर्मचारी हुन् । चर्चित पेट्रोल पम्प काण्डदेखि सेवा नै परिवर्तन गरेर प्रशासनमा उक्लिनेसम्मका हरकतबाट विवादित बन्दै आएका उनी यतिबेला इन्जिनियरिङ सेवाका जुनसुकै उपसमूहकालाई ल्याउन सक्ने नेपालमा एउटा मात्रै दरबन्दी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छन् ।

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, केही सचिवको सरुवा हुन सक्ने

त्यसो त यसअघि नै दरबन्दी थपाएरै भए पनि सचिव भई छाड्ने दाउमा घुँडा धसेर लागि परेका थिए शर्मा । जसबारे प्रशासन डटकमले यसअघि नै समाचार प्रकाशन गरी सकेको छ ।

सम्बन्धित समाचार : यी सहसचिवका लागि थपिँदै छ सचिव दरबन्दी

शर्माको बढुवासँगै उनलाई सिचाइ मन्त्रालयमा नै पदस्थापन गर्न लागिएको बुझिएको छ । साह वा पुडासैनी भएको भए अर्कै हुने खेल शर्मासँगै उलट्पार हुन पुगेको छ । 

ती स्रोतका अनुसार निर्वाचन आयोगको सहमति लिएर सचिवहरूको फेरबदल गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस