८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे ६२ हजारलाई १० कित्ता सेयर

अ+ अ-

काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २८ असोज देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । जसको २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर थियो ।

जसबाट बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको सेयरमा आवेदन नपरेको समेत गरी कुल ६ लाख २५ हजार १९० कित्ता सेयरको लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओका लागि कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयरका लागि ओवदन परेको थियो । जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको र बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

स्वीकृत आवेदनमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार सेयर बाँडफाँट गर्दा कुल ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको आईपीओ असोज ९ गते आइतबार बाँडफाँट गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस