१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद् भङ्ग गराए, संविधान च्यात्न खोजे : देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रहित विपरीत कार्य गर्न लगाएको आरोप लगाएका छन् । 

बिहीबार गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राति २ बजेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् भङ्ग गर्न लगाएको आरोप लगाएका हुन् । 

‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गर्नुभयो । त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ’, उनले अगाडि थपे, ‘उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजे । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ ओलीकै कार्यविरुद्धमा हालको ५ दलीय गठबन्धन बनेको देउवाको भनाइ थियो । 

उनले हालको ५ दलीय गठबन्धन राष्ट्र हितको लागि भएको बताउँदै आफ्नो १०÷१५ वर्षसम्म पनि चलाउने इच्छा रहेको बताए । प्रधानमन्त्री देउवाले भारत र चीनविरुद्ध लड्न नसकिने बताउँदै ती देशहरूसँग नेपालले हातेमालो गरेर अगाडि बढ्नुपर्ने वाध्यता रहेको पनि सुनाए ।

यसैबीच प्रधानमन्त्री देउवाले पश्चिमसेती जल विद्युत् परियोजनाको काम अगाडि बढेको बताएका छन् । साथै उनले धनगढी–डडेलधुरा सडकलाई ४ लेनको रूपमा विस्तार गरिने र डडेलधुरा मेडिकल कलेज निर्माणलाई अगाडि बढाइने पनि प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस