काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन् ।
पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाव सङ्कलनका लागि हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन् ।
“चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका पूरा सदस्यलाई भेट्न पाइएन,” प्रदीपले भने, “जसलाई मैले चाहेर पनि भेट्न सकिनँ, उहाँहरूले फोनबाटै सल्लाह सुझाव दिनुहुनेछ भनेर मैले हटलाइन नम्बर सार्वजनिक गरेको हुँ । तपाईँहरूको सुझाव काठमाडौं ५ का निमित्त मार्गनिर्देशन बन्नेछ । त्यही सुझावलाई नै आत्मसाथ गर्दै अघि बढ्नेछु ।”
सार्वजनिक नम्बरमा पौडेलसहित काठमाडौं ५ को प्रदेशसभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकर्ड गराउन सक्छन् ।
काठमाडौँ ५ को प्रदेशसभा ‘क’मा काँग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’मा श्यामबहादुर खड्का गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् ।