११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूर पश्चिम भूकम्प : खोज, उद्धार र राहत एकद्वार प्रणालीबाट 

अ+ अ-

काठमाडौँ । सुदूर पश्चिमको खप्तड केन्द्रबिन्दु बनाइ गएको भूकम्प पीडितहरूको खोज, उद्धार र राहत एकद्वार प्रणालीबाट गरिने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलेको संयोजकत्वमा राष्ट्रिय रूपमा क्रियाशील विकास साझेदारहरूसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

आइएफआरसी, यूएनएफपीए, युनिसेफ, डब्लुएफपी, आइओएम, युएनडिपी, डब्लूभीआई नेपाल, केयर नेपाल, एनसेट, सीआरएस, मर्सि क्रप्स, डीपीनेट, एक्सन एड, डीसीए, प्राक्टिकल एक्सन, बीआरसी, नेपाल रेडक्रस सोसाइटी लगायतका विकास साझेदारहरूसहित बसेको कम्युनिटी बेस डिजास्टर रिस्क म्यानेजमेन्ट प्लेटफर्मको बिहीबार बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वयमा एकद्वार प्रणालीबाट खोज, उद्धार र राहत तथा पुनर्लाभका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुद्रसिंह तामाङले बताए । 

भूकम्पबाट भएको क्षतिका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहबाट पूर्ण विवरण माग गरी सरकारी निकाय, विकास साझेदार, गैसस नेपाल, रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतको सहभागितामा विपद्ले प्रभावित सम्पूर्ण परिवारलाई शीघ्र पुर्नलाभका कार्यक्रममा समेटिने मन्त्रालय सचिव अर्जुन प्रसाद पोखरेलले जानकारी दिए । 

प्रभावितहरूको खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन मन्त्रालयले यस्तो कदम अघि बढाएको सचिव पोखरेलेको भनाई छ । 

मङ्गलवार बेलुकी ९ बजेर ७ मिनेट जाँदा ५.७, ९ बजेर ५६ मिनेटमा ४.१ र राती २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाई ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएका थिए । पूर्वीचौकी गाउँपालिका केन्द्रबाट तीन घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका थिए । 

प्रतिक्रिया दिनुहोस