९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा र म मिलेपछि नहुने केही छैन : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न सकिने बताएका छन्।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताए।

उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गरेका थिए।

‘गोरखा १ को प्रतिनिधि सभामा काँग्रेसका नेता राजेन्द्र बजगाईँ र प्रदेश सभा (ख) मा काँग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘बजगाईँलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु।’

उनले आफू र देउवाबीच कुराकानी भएपछि केन्द्र र प्रदेशमा गोरखाका सांसदलाई मन्त्री बनाउन सकिने बताएका थिए।

‘राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ,’ प्रचण्डले भने, ‘उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग कुरा गर्छु। अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’

आज प्रचण्डले चुमनुब्रीका छेकम्पार, सामागाउँ र सिर्दिवासका चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस