२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई झुट्टा आश्वासन दिँदैनौँ : श्रममन्त्री कुँवर

अ+ अ-

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् । 

अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अछाम क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन्त्री कुँवरले आफू निष्ठा र इमान्दारीताको राजनीति गर्ने बताएकाले अछामी जनताको बलियो साथ रहेको बताएका हुन् ।

उनले इमानदारिताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई बहुमतले विजयी गराउन आग्रह गरे । मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका इमानदार उम्मेदवारहरूलाई मंसिर ४ गते मतदान गर्न अनुरोध पनि गरे । अछामका जनताकै साथले आफू राजनीतिमा रहेको बताउँदै उनले संविधानको रक्षा गर्दै विकास र सम्बृद्धिका लागि सत्ता गठबन्धन बनेको बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोविन्द बन्दीले यस पटकको चुनाव चुनाव मात्रै नभई नेपालको अग्रगामी परिवर्तन, संविधानको रक्षा र लोकतन्त्रको विकासका लागि भएको बताए । उनले गठबन्धनका उम्मेदवारप्रति अछामका जनताको ठुलो साथ समर्थन रहेकाले विजयी सुनिश्चितता रहेको बताए।