१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन्। 

वाम-लोकतान्त्रिक गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका हुन्।

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको उनको भनाइ छ। ‘यो गठबन्धन अबको १५–२० वर्षसम्म कायम रहन्छ,’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने छ।’ संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनको आवश्यकता रहेकोमा उनको जोड छ।

एमाले अध्यक्ष ओलीको अहङ्कारले कम्युनिस्ट आन्दोलनमा कलङ्क लागेकाले पार्टी एकता भङ्ग भएको मात्र नभई देश प्रतिगमनमा गएको अध्यक्ष प्रचण्डले बताए। ‘केपी ओलीमा अहङ्कारको उदय भएका कारणले गठबन्धन भएको हो,’ उनले भने, ‘अब ओलीसँग सहकार्य कहिल्यै पनि हुँदैन।’