१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले राष्ट्रपतिलाई भने-नागरिकता विधेयक रोकेकोमा धन्यवाद !

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।

बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् ।

संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता दिन लाग्दा अदालत गएर प्रचण्ड, देउवा र माधव नेपालले नै रोकाएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘‘विदेशीलाई तुरुन्ता-तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न खोजे । धन्यवाद राष्ट्रपति ज्यु, उहाँले रोक्नुभयो । राष्ट्रपतिको काम यस्तै बेलामा आउँछ ।’

नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै उनले थपे, ‘जब राष्ट्रियतालाई खतरामा पार्न खोजिन्छ, जब जनसांखिक हिसाबले देशलाई धरापमा पार्ने षडयन्त्र हुन्छ । यस्तो बेलामा राष्ट्रपतिले दह्रो पाइला टेक्नैपर्छ । राष्ट्रिय अडान लिनैपर्छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु ।’

संघीय संसदले पारित गरी पहिलो पटक पेस गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको थियो ।

संसद्को दुवै सदनमा राष्ट्रपतिले १५ बुँदे सन्देशमा उठाएका विषयमाथि गम्भीर छलफल नगरी पुनः पारित गरेर पठाएको भन्दै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन् । यस विषयमा सर्वोच्च अदालतमा पनि रिट परेको छ ।

बुधबार मात्रै राष्ट्रपतिले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै आफूले १५ बुँदे सन्देशमा उठाएका विषयहरूमा गम्भीर छलफल नभएकोले नागरिकता विधेयक उनकै शब्दमा ‘यथास्थितिमा राखिएको’ छ ।

बिहीबार एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् ।

एमालेले चुनावमा बहुमत पाए एक महिनाभित्र जन्मसिद्धका आधारका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने अध्यक्ष ओलीको आश्वासन छ ।

प्रतिक्रिया दिनुहोस