२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्णय बदर गर्न शहरी सचिव सिंहलाई आयोगको पत्र 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले शहरी विकास मन्त्रालयद्वारा हालै स्वीकृत गरिएको सात वटा विभिन्न योजनाहरू बदर गर्ने निर्देशन दिएको छ । शुक्रबार शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहलाई पत्र लेख्दै आयोगले उक्त निर्णय बदर गर्न निर्देशन दिएको हो । मन्त्रालयले यही मंसिर १ गते सचिव स्तरीय निर्णयबाट विभिन्न सात वटा योजनाहरू स्वीकृत गरेको आयोगलाई जानकारी गराएको थियो ।

आयोगको पत्रमा भनिएको छ : यस विषयमा बहु वर्षीय खरिद गुरुयोजना स्वीकृत गर्ने गरी त्यस मन्त्रालयको मिति २०७९।०८।०१ को सचिव स्तरबाट भएको निर्णय बदर गरी सो को जानकारी ढिलोमा मिति २०७९।८०।०३ गते बिहान ११ बजेसम्म आयोगको इमेल ठेगानामा वा निर्वाचन आयोग नेपाल, कान्तिपथ, काठमाडौंमा प्राप्त हुने गरी पठाउनु हुन अनुरोध गर्दै यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल कान्ति पथमा स्वयं उपस्थित भई देहायका विषयमा लिखित स्पष्टीकरण पेस गर्नु हुन निर्णयानुसार अनुरोध छ । अन्यथा निर्णय गर्ने अधिकारी उपर निर्वाचन आयोग नेपालबाटै कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत यसै पत्रबाट जानकारी गराइन्छ ।

आयोगले सिंहलाई विभिन्न तीन वटा सवाल सोधेको छ जसमा २०७९ असोज १२ गतेपश्चात् त्यस मन्त्रालयबाट कुन कुन विषयमा के कस्ता नीतिगत निर्णयहरू भएका छन् ? 

शहरी विकास मन्त्रालयको मिति २०७९ मंसिर १ को सचिव स्तरीय निर्णयानुसार वहुवर्षीय योजना स्वीकृत गर्ने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुँदैन भन्ने आधार कारण के छ ? 

र निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको तथा आयोगले समय समयमा विभिन्न निर्देशनहरू जारी गरेको विषयको जानकारी नेपाल सरकारको सचिवलाई हुने नै हुन्छ । मिति २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रचारप्रसार निषेध अवधि समेत शुरु भई सकेको अवस्थामा तपाईँ शहरी विकास मन्त्रालयको सचिव रहेको व्यक्तिबाट अमुक राजनीतिक दलका उम्मेदवारलाई हित हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न), दफा ५ को खण्ड (ख) र दफा ७ को खण्ड (ग) को प्रतिकूल हुने गरी बहु वर्षीय खरिद गुरुयोजना स्वीकृत गरिएको देखिएकोले तपाईँलाई आयोगबाट निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र ऐ. ऐनको दफा ४४ बमोजिम कारबाही गर्नु नपर्ने कारण के छ ? 

त्यसो त आयोगले सचिव सिंहलाई मतदाता प्रभावित गर्ने गरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्दै २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ । 

सम्बन्धित समाचार : शहरी विकास मन्त्रालयका सचिव सिंहलाई २४ घण्टे स्पष्टीकरण 

घर जान सात दिन पनि बाँकी नहुँदासमेत योजनाहरू फेरबदल गर्न नछोडेका उनले सचिव जस्तो गरिमामय पदकोसमेत मर्यादा कायम राख्न सकेनन् । अन्य कर्मचारीका लागिसमेत रोल मोडल बन्नु पर्ने सचिव आफैले निर्वाचन आचार संहिता लत्त्याएको विषयले सिङ्गो निजामतीलाई नै लज्जित त बनाएको छ नै, सचिव छनौटमै सरकारले ध्यान पुर्‍याउनु पर्ने देखाएको छ ।