८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले गर्‍यो काठमाडौँमा चोरी गर्ने १५ जनालाई सार्वजनिक

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौँमा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो । 

कार्तिक २८ गते काठमाडौँ महानगरपालिका वडा नं.३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरूलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेहरूमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २४ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय कालिकोटका धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही र २७ वर्षीय पञ्चबहादुर सिंह रहेका छन् । त्यस्तै सुर्खेतकी १९ वर्षीया कविता बुढा र २१ वर्षीय दीपिका मल्ल शाही रहेका छन् भने रामेछापका २४ वर्षीय सुवर्ण मगर रहेको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए । उनीहरूको साथबाट तौल ३८.५ तोला लेखिएको सुनको गिलास १ थान, सुनको तिलहरी १ थान, सुनको नौगेडी २ थान, हिरा जस्तो देखिने विभिन्न धातु जडित हार ३ थान, वारदातमा प्रयोग भएको हतौडा १ थान, चक्कु २ थान र २ लाख १३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरिएको उनले जानकारी दिए ।  

पक्राउ परेका उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगन्जबाट अनुसन्धान भइरहेको जनाइएको छ । त्यस्तै गरी, काठमाडौं महानगरपालिका वडा नं.१८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटी भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कार्तिक २९ गते गहना लुटी भाग्ने व्यक्तिहरूलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धनकुटाका २६ वर्षीय सुमन राई र २८ वर्षीय देवराज राई रहेका छन् । त्यस्तै धादिङका ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर बिक र ३८ वर्षीया मनिला तामाङ रहेका प्रहरीले जनाएको छ । उनीहरूको साथबाट बारदातमा देखाइएको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, ७.६२ एमएम लेखिएको ४ राउन्ड गोली, गालेको सुन २६ ग्राम, दुई मोटरसाइकल, जर्सी र ज्याकेटसहितको १ जोर प्रहरी पोसाक, फेनारगन, डाइजेपाम र नुफिन गरी जम्मा ५९१ एम्पुल लागू औषध बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए ।  

उनीहरूलाई पनि चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस