७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब पनि ठूला दल नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् ।

चितवन-२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेस्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए ।

लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताए । उनले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आसेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गरे । अब संसदमा कोही पनि भ्रष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेले सबै दल भ्रष्ट्राचार नियन्त्रण र अहिलेसम्म भएका ठूला काण्डको छानबिनका लागि तयार हुनुपर्ने बताए ।

अहिलेको निर्वाचन परिणामले कोही पनि आत्तिन र मात्तिन नहुने भन्दै उनले निर्वाचन मार्फत युवाले हस्तक्षेपकारी भूमिका खेलेको धारणा राखे । नेपालको राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको सम्मान गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । देशको सीमाको रक्षा गर्न निर्मम हुने भन्दै देशको गुमेको भूभाग प्राप्त गर्न कुनै कसर बाँकी पनि लामिछानेले बताए ।

मागी खाने नभई गरी खाने देश बनाउन खोजेको दाबी गर्दै लामिछानेले यसअघि नेपाली जनताले जित्न नपाएको तर यसपटक जितेको टिप्पणी गरे । उनले आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा जनताका समस्या सुन्न एउटा खबरदारी र अर्को आइपरेका समस्याको गरी दुई अलग अलग बाकस राख्ने पनि बताए ।

यस्तै, टोल तथा वडावडाबाट प्रतिनिधि छानेर संसदीय बोर्ड गठन गर्ने भन्दै त्यसका लागि प्रतिनिधि पठाउन सभामा उपस्थितहरूलाई आग्रह गरे । निर्वाचनमा गरेका वाचा आफूले हुबहु कार्यान्वयन गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस