२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखाका ७ केन्द्रमा पुनः मतदान गर्नुपर्ने जाँचबुझ टोलीको निष्कर्ष 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगको जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। 

४ मंसिरमा भएको चुनावमा वैतेश्वर, तामाकोशी, सैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो। 

थप वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो। 

आयोगको छानबिनमा दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको पाइएको हो। जाँचबुझ टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको सारांशमा ७ केन्द्रमा पुनस् मतदान गर्न सिफारिस गरिएको छ। 

प्रतिवेदनमा टेकेर निर्णय लिन आयोगमा आयुक्तहरूको बैठक बसिरहेको छ।

प्रतिवेदनमा मतदान केन्द्र अनधिकृत कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको उल्लेख छ। 

जाँचबुझ टोलीले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकाय, स्थानीय प्रशासन, निर्वाचन अधिकृत, दल, उम्मेदवार, मतदातासँग छलफल गरेर प्राप्त तथ्य प्रमाणका आधारमा प्रतिवेदन तयार पारेको हो। 

स्वतन्त्र र निष्पक्ष मतदान नहुनुमा दलहरू मुख्य जिम्मेवार रहेको प्रतिवेदनमा औँल्याइएको छ। सुरक्षा व्यवस्था राम्रो भए पनि हुलहुजजत गरेर मतदान प्रभावित पारिएको प्रतिवेदनको निष्कर्ष छ।