काठमाडौँ । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेस नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् ।
कांग्रेस नेता रिजाल सत्ता गठबन्धनको उम्मेदवार बनेर जितेका थिए । धोविनी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट जितेकी मञ्जुले नवनिर्वाचित रिजाललाई चाँदीको मुकुट लगाएर बधाई दिइन् ।
निर्वाचित रिजाल मतदातालाई धन्यवाद दिन आइतबार साँझ धोबिनी गाउँपालिका-३ हरिहरपुर पुगेको बेला मञ्जुले मुकुट लगाएर बधाई दिएकी हुन् ।