२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार बनाउन बाम एकताबारे छलफल हुँदै छ ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले बाम एकताको विषयमा कुनै छलफल नभएको बताएका छन्।

शुक्रबार बिहान प्रेस चौतारी धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव महासेठले संघीय सरकार गठनका लागि अहिलेसम्म बाम एकताको कुरा नभएको दाबी गरे।

पत्रकारको जिज्ञासामा उनले भने, ‘पार्टी अध्यक्ष ओलीज्यूले प्रचण्डलाई जितको बधाई दिनुभयो। प्रचण्डजीले पनि उहाँलाई बधाई दिनुभएको हो। तर, सरकार निर्माण वा बाम एकताको विषयमा त्यस्तो कुनै कुराकानी भएको छैन।’ यथास्थितमा बाम एकता गर्न नसकिने बताउँदै महासेठले भने, ‘शेरबहादुरजीलाई नेता मान्नेहरूसँग तत्काल बाम एकता सम्भव पनि छैन।’

समानुपातिकतर्फको मतपरिणाम आइसकेको अवस्थामा मात्रै सङ्घ र प्रदेशका सरकार गठनको विषयमा पार्टीभित्र छलफल हुने उनले प्रस्ट्याए।

अर्को प्रसङ्गमा उनले विगतमा केपी ओली नेतृत्वले गरेको विकास निर्माणको काम देखेर मधेसी जनताले एमालेलाई विश्वास गरेर मत दिएको बताए। ‘पाँच वर्षअघिसम्म मधेसमा एमालेको नाम सुन्न कोही तयार थिएन,’ उनले भने, ‘तर, ओलीज्यूको नेतृत्वमा दुई हजारभन्दा बढी लोकप्रिय योजनाहरूमा काम गर्दा एमालेप्रति मधेसी जनताको विश्वास बढेको छ।’

अब बन्ने सरकारले तीन महिनाभित्र अङ्गीकृत नागरिकका सन्तानलाई नागरिकता नदिए एमालेले मधेस प्रदेशमा आन्दोलन गर्ने उनको चेतावनी छ।