९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग-२ : नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ का लागि नामिबिया भ्रमणमा रहेको नेपाल र घरेलु टोली नामिबियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । 

विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले १९८ रनको लक्ष्य पछ्याउने क्रममा चार बल खेलेर चार रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल सम्भव नभएपछि नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको हो । 

नामिबियाले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७५ रन बनाएका थिए । आरिफ शेखले २३, आसिफ शेखले २० तथा अर्जुन साउद र गुल्सन झाले समान १८ रन बनाए । त्यस्तै कप्तान रोहितकुमार पौडेल र सोमपाल कामीले समान १० रन जोडे । 

नामिबियाको टानगेनी लुनगामेनीले ३ र कारी बिरकेनस्टोकले २ विकेट लिए । जेजे स्मित, बर्नार्ड स्कोल्टज र गेहार्ड इरसमसले एक एक विकेट लिए । 

नतिजाविहीन बनेपछि २१ खेलबाट १८ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । ओमान ४४ अङ्कका साथ शीर्ष स्थानमा छ । ४२ अङ्क जोडेको स्कटल्यान्ड दोस्रो, ३५ अङ्क जोडेको अमेरिका तेस्रो, ३३ अङ्क जोडेको नामिबिया चौथो र युएई २७ अङ्कसाथ पाँचौँ स्थानमा छ । 

ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेका छन् । नेपालले १५ खेल खेल्न बाँकी छ । नामिबिया भ्रमणबाहेक नेपालले घरेलु मैदानमा दुई शृङ्खलामा ८ खेल खेल्नेछ । नेपालले नामिबिया, स्कटल्यान्ड, युएई र पपुवा न्युगिनीसँग समान चार खेल खेल्न बाँकी छ  । 

प्रतिक्रिया दिनुहोस