काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कायमै रहेको छ।
हालसम्मको मतगणनामा कार्कीले ३३ हजार ३ सय २६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धोन्दी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले हालसम्म ३३ हजार १६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन् ।
कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो। प्रदेशसभा २ मा नेकपा एमालेका भरत केसी र १ मा कांग्रेसका कुन्दनराज काफ्लेले जानकारी दिए।







