२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाका कर्मचारीमाथि कार्यकक्षमै कुटपिट, निजामती कर्मचारी सङ्गठनद्वारा भर्त्सना 

अ+ अ-

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी ईश्वरी भण्डारीमाथि कुटपिट भएको छ।

नगरपालिकाको अमिन पदमा कार्यरत भण्डारीमाथि आइतबार दिउँसो तिलोत्तमा वडा नं. ७ निवासी खिमानन्द काफ्लेले कार्यकक्षभित्रै हातपात गरेका हुन् । 

लालपुर्जामा पाँच धुर मात्रै जग्गा भए पनि काफ्लेले ६ धुर जग्गा उपभोग गर्दै आएका थिए।

आफ्नो जग्गा थोरै भएकोले लालपुर्जा बाहिरको जग्गामा समेत घर बनाउन अनुमति मागेका काफ्लेले लालपुर्जा बाहिरको जग्गामा घर बनाउने अनुमति दिन नमिल्ने बताएपछि भण्डारीमाथि हातपात गरेका थिए।

नेपाल निजामती कर्मचारी सङ्गठन रुपन्देहीले राज्यको नियम कानुन भित्र रहेर काम गर्ने कर्मचारीमाथि कार्यकक्ष भित्रै कुटपिट हुनु निन्दनीय भएको भन्दै उक्त घटनाको भ्रत्सर्ना गरेको छ।

घटनापछि सङ्गठनले विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि हातपात गर्ने काफ्लेलाई कारबाही गर्न र कर्मचारीको सुरक्षाको माग गरेको छ।

सङ्गठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलले विज्ञप्ति जारी गर्दै गैरकानुनी काम गर्न नमानेको भन्दै राष्ट्रसेवक कर्मचारीहरू कार्यस्थलमै कुटिनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

उनीहरूले कर्मचारीलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति गर्दै आपराधिक घटनामा संलग्न व्यक्तिमाथि कारवाहीको माग गरेका छन्।

सङ्गठनले नगरपालिका र प्रहरी प्रशासनले अपराधिक कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र कर्मचारीले उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन माग गरेको छ।

भण्डारीमाथि भएको हातपातको घटनाप्रति तिलोत्तमा नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पनि आपत्ति जनाएका छन्। उनीहरूले घटनामा संलग्न व्यक्तिलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले कार्यालयभित्रै कर्मचारीमाथि हातपात हुनु निन्दनीय भएको भन्दै दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन्।