२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीद्वारा गाउँपालिकासहित वडा कार्यालयमा तालाबन्दी, सम्पूर्ण सेवा ठप्प

अ+ अ-

काठमाडौँ । कर्मचारीले बाँकेको डुडुवा गाउँपालिकाका गाउँपालिका र वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन्।

दलहरूको विवादले गर्दा नयाँ आर्थिक वर्ष २०७९/८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएपछि साउनदेखि तलब नपाएका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बजेट पास नहुँदा पालिकाको सबै सेवा सुविधा ठप्प छ।

कर्मचारीले गाउँपालिका कार्यालयसहित ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलले प्रशासनलाई बताए । उनले भने, ‘पटक-पटक प्रयास गर्दा पनि कार्यपालिकाको बैठक बस्न सकेको छैन, आर्थिक वर्षको साउनदेखि कर्मचारीले तलब खान पाएका छैनन् ।’

उनले प्रशासनलाई बताएअनुसार विद्यालयहरूमा पनि शिक्षकहरूले आंशिक अध्यापन गराएका छन् । केही दिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरूले ऐक्यबद्धता जनाएका छन् । तालाबन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ। 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनै पनि कर्मचारीले खान नपाएको अधिकृत पौडेलले बताए । 

उनका अनुसार भोलि (मङ्गलवार) कार्यपालिकाको बैठक बोलाइएको छ । बैठकको निर्णयअनुसार ताला खुल्ने उनले बताए ।