१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको अहितमा रहेको अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : भीम रावल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुने गरी अध्यादेश ल्याउनु गैर संवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको आग्रह गरे । अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको उनको आरोप छ ।

रावलले छैटौँ पटक प्रधानमन्त्री हुनको लागि निहित स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गर्ने काम गरेको भन्दै उक्त कदमले देउवाको विगतको तितो कुराको पुनरावृत्ति भएको महसुस हुने पनि उल्लेख गरे ।

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानूनविदहरुको बीचमा छलफल भएर जारी गरेको कानुन भएकाले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गल्ती भएको उनको भनाइ छ ।

रावलले नेपालका शीर्ष नेताहरुले देशमा नयाँ सरकार गठनको लागि विदेशी राजदूतसँग साउती मार्न थालेको गम्भीर आरोप लगाए ।

रावलले प्रधानमन्त्री आलोपालो हुने भन्ने विषय र संवैधानिक निकायमा भागबन्डाको कुरा चलिरहेको भए पनि देशको गम्भीर सवालमा दलहरूले ध्यान नदिएको गुनासो गरे । उनले नयाँ सरकार गठनमा पनि कमसेकम समान दृष्टिकोण भएकाहरू मिल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस