चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
गए राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गए राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।